कास्की जिल्ला, रुपा गाउँपालिका–६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थालेका छन । एक दशकको पोखराको बसाइ त्यागी गाउँ फर्किएका खड्काले भिरचोकस्थित चन्द्रप्रभा माविमा १२ वर्ष प्रधानाध्यापक र १० वर्ष देउराली स्रोत केन्द्रको स्रोतव्यक्तिसहित चार दशक शिक्षण पेसामा रहेर सेवा गरेका थिए । खड्काले दर्ता गरेको देउराली फार्ममा उन्नतजातका १७ वटा भैँसी र १५ वटा गाई छन् । फार्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुन्छ । बजारमा बिक्री गरेर मासिक रु पाँच लाख आम्दानी हुने…
पुरा पढौ