पोखरा । रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु (वैशाख १) देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धु्रव पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा…
पुरा पढौ