पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरूको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरूको रोजाइमा पर्न थालेको हो । लामडाँडामा अधिकांश गुरुङ समुदायको बाक्लो बसोवास छ । आन्तरिक तथा बाह्य पाहुना आकर्षित गर्दै गाउँमा आम्दानी भित्र्याउने योजनासहित घरबास सञ्चालन गर्ने निर्णय गरिएको लामडाँडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष लीलबहादुर गुरुङले बताए । बाक्लो बस्ती रहेकाले सबैको सामूहिक प्रयासबाट घरबास सञ्चालन गर्न सकिने भएकाले लामडाँडालाई घरबासका रूपमा विकसित गरिएको उनले…
पुरा पढौ