ल्वाङ गाउँ

प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ

के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ । ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ । पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो ।… पुरा पढौ