वर्षाले राहत

वैशाख मसान्तको वर्षाले राहत

पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका हुन् । वर्षाले खेतीपातीसँगै बढेको गर्मीबाट पनि राहत दिएको छ । “यसपालि पूरै हिउँद त्यतिकै पानी नपरी बित्यो, गत चैतमा अलिअलि झारेझुर्रे पानी परेपनि माटो गाल्नेगरी परेको थिएन”, बर्दिबास–६ जुरेटोलका किसान धनसिंह क्याप्छाकीले भने, “अब चैँं खेतबारी खनजोत गर्न पाइने भइयो ।” पूरै हिउँद पानी नपरी बित्दा खेतबारी सुकेर जोत्न… पुरा पढौ