वालिङ

धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

कुनैबेला प्यास मेटाउन बोत्तलमा पानी बोकेर जानुपथ्र्यो ‘गह्रौँसुर’ । वनको उकालो बाटो प्यास मेटाउने पानी र पूजाआजापछि खानुपर्ने नास्ता बोकेर गह्रौँसुर जानुपर्ने बाध्यता थियो । गह्रौँसुरमा भगवती मन्दिर, कालिका मन्दिरको दर्शनका साथै मनमोहक दृश्यावलोकनका लागि दर्शनार्थी आउने गर्छन् । विशेषगरी बडादसैँ र चैते दसँैमा यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण यहाँ दर्शनार्थीको भीड हुने गर्दछ । नेपालको एकीकरणको जग राणा भूपालसिंहद्वारा रिडीघाटबाट लसर्घामा आई बेगमाता बेगेश्वरी कूल देवीको स्थापना गरिएको… पुरा पढौ