अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा पोखरामा सञ्चालित गोष्ठीमा राज्यको शिक्षा नीतिमा नै संस्कृत उच्च शिक्षा नसमेटिएकामा जोड दिइएको छ । दुईदिने गोष्ठीको दोस्रो दिन मङ्गलबार आयोजित ‘संस्कृत उच्च शिक्षामा आकर्षण वृद्धिका आधारहरू’ विषयक छलफलमा शिक्षा नीतिमा नै समावेश नगरी यसलाई मूलधारबाट टाढा राखिएको बताइएको थियो । कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक डा नारायण चालिसेले देशको शिक्षा नीतिमा संस्कृत उच्च शिक्षा नसमेटिएको जनाउँदै यसलाई समेट्नु जरुरी रहेको बताए। देशव्यापी रुपमा यसको महत्व…
पुरा पढौ