आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यसजितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २६ रन बनाए…
पुरा पढौ