व्यास नगरपालिका

व्यास नगरपालिकामा पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै

तनहुँको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन् । गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंहा, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन्… पुरा पढौ

स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई पाँच हजार भत्ता

स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराएकाले सो सुविधा पाउने जनाइएको छ । भत्ता पाउनका लागि गर्भवती आठ महिना भने पूरा भएको हुनुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ । स्वस्थ शिशु जन्माउने र मातृ… पुरा पढौ

व्यास नगरपालिकामा अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

व्यास नगरपालिका ७ शेषमटारमा समता विद्यालय स्थापना गरी अभिभावकविहीन पैँतालिस बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । खान र बस्नसहितको शिक्षाका लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको हो । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त विद्यालय स्थापना गरी आवाससहितको शिक्षा प्रदान गरेको हो । नगरपालिकाले बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने तथा बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको… पुरा पढौ

व्यास नगरपालिकाद्धारा कृषकलाई धानको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो । व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरेअनुरुप धानको बीउ नवलपुर,… पुरा पढौ

जङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त छिन्,तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उनले बताइन्। “एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो भयो भनेर बच्चा छोडेर जाँदा गाह्रो हुन्छ लागेको थियो, सिक्दै जाँदा आम्दानीसँग सीधा जोडिँदा आकर्षित ग¥यो”, उनले भने“कहिले आफैँले च्यापेर सिक्न आउने त कहिले घरमा छाडेर आउने गरेको छु, सीप सिक्न न त उमेरले छेक्ने न त अन्य कुनै चिजले… पुरा पढौ

प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताए । “कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र… पुरा पढौ

अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

तनहुँको व्यास नगरपालिकाले आन्तरिक आयबाट सञ्चालन गरिरहेको व्यास नगर समता विद्यालयको कक्षा वृद्धि गर्ने भएको छ । अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको विद्यालयमा अध्ययनरत बालबालिकाको कक्षा वृद्धि गर्दै लैजाने भएको हो । बालबालिकाको कक्षा ग्रेड वृद्धि हुने क्रममा अन्यत्र गएर पठनपाठन गर्ने अवस्था नहुँदा बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी कक्षा बढाउँदै लैजाने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । “सुरुआतमा नै कक्षा ५ सम्म सञ्चालन गरेका थियौँ, त्यसपछि अभिभावकविहीन बालबालिका थप अध्ययनका लागि कहाँ… पुरा पढौ

तनहुँको व्यासमा मकैको खोस्टाबाट टोपी र झोला उत्पादन,विदेश निर्यात गरिदैँ

तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छन् । उनी भछिन्, “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उनको भनाइ छ । “गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने… पुरा पढौ