शताब्दीऔँ पुराना मूर्ति

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् । “हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल… पुरा पढौ