श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए । उनले श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गरे । श्रमसम्बन्धी विधिशास्त्रको कार्यान्वयन र श्रम कानुनको विकासमा सङ्ग्रहले योगदान पुर्याउने उनको भनाइ छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले श्रमसँग सम्बन्धित कानुन र अदालतबाट भएका…
पुरा पढौ