सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकि छिन । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताइन । “प्रविधि आफैँमा पूर्वाग्रही हुँदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ”, उनले भनिन, “सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको… पुरा पढौ

‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकि छिन । विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताइन । “आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर… पुरा पढौ

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छिन । सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक(एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेकि मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन । केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहजपरिस्थितीको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही… पुरा पढौ

पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ: सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताएकी छिन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उनले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पारिन्। मन्त्री शर्माले समितिले समायानुकूल बनाएर सिफारिस गरेको पारिश्रमिकसम्बन्धीे प्रतिवेदन कार्यान्वयनका लागि छलफलमा भइरहेको जानकारी गराए । श्रमजीवीलाई पारिश्रमिक प्रदान गर्नुपर्ने निकायको पनि यस प्रक्रियामा संलग्नता भए कार्यान्वयनमा सहज हुने उनको धारणा थियो ।… पुरा पढौ