सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे । लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो कृति… पुरा पढौ