पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो । मुग्लिनबाट कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सडकको अवस्था र सवारी चालकको लापरबाहीका कारण दैनिक दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालनासम्बन्धी सचेतना जगाउन थालिएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर…
पुरा पढौ