सहारा क्लब पोखरा

सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु. तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए । बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट रु ९४ लाख ६५ हजार रकम सङ्कलन भएको… पुरा पढौ