मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो । गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताए । “तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौँ”, उनले…
पुरा पढौ