स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् । एक महिना अघिदेखि सुरु गरिएको भाषा कक्षामा वालिङ तथा आसपासका पालिकाका एकसय जना भर्ना भई अध्ययन गरिरहेका कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए। “संस्कृत भाषा कक्षामा अहिले युवा बढी आकर्षित देखिएका छन्, विद्यार्थीको सक्रिय सहभागिता रहेको…
पुरा पढौ