स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो । बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत तथा अनुमति लिएर व्यावसायिक उडान थालेको प्रालिका सञ्चालक सानोबाबु सुनुवारले बताए । यस ठाउँमा परीक्षण उडान गरी सफल भएसँगै अहिले पूर्वाधार निर्माण गरी व्यावसायिक उडान हुँदै आएको छ । पर्यटकीय सहर पोखरा…
पुरा पढौ