आलुले चिनिएको हेम्जा

आलुले चिनिएको हेम्जा

पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलु खेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उनका अनुसार हेम्जामा वार्षिक ४५ सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झण्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनिसकेको छ ।” महानगरको तथ्याङ्क अनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा… पुरा पढौ