गल्याङ नगरपालिका

गल्याङ–बज्रे सडक कालोपत्रे हुँदै

साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् । गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ हजार पाँच सय २३ र सङ्घीय सरकारको रू दुई करोड गरी कुल रू. चार करोड एक लाख ९२ हजार पाँच सय २३ मा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका… पुरा पढौ

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन् । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी तीन वर्षदेखि यो पेसामा आबद्ध छन् । अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गर्दै आएका छन् । रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिए । “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उनले भने,… पुरा पढौ