गोरखाको बारपाक सुलिकोट गाउँपालिका

मासु उत्पादनमा कृषकलाई अनुदान

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु. २५ लाख अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो रु. १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो रु. ३० अनुदान उपलब्ध गराएको छ । चालु आवमा दुई हजार तीन सय… पुरा पढौ