तनहुँको भानु नगरपालिका

तनहुँका एक सय ५८ जनाले गरे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

तनहुँको भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन् । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुपमा शल्यक्रियासहितको सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको हो । आँखा परीक्षण गराएका एक हजार १९ मध्ये एक सय ५८ जनामा मोतियाबिन्दु निदान भएको नारायणगढ लायन्स क्लबका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । उनका अनुसार आँखा परीक्षणका क्रममा मोतियाबिन्दु निदान भएका बिरामीको भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक भवनमा शिविरमै निःशुल्क आँखाको शल्यक्रिया… पुरा पढौ

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उक्त कम्पनीले नगरपालिकाअन्तर्गतका तीन सडक कालोपत्रको ठेक्का पाएको छ । ठेक्का सम्झौता भएर काम नभएपछि बाध्य भएर पत्र काट्नुपरेको पौडेलले बताए ।… पुरा पढौ