तनहुँ भिमाद

तनहुँ भिमादका महिलाहरु आयआर्जनतर्फ अग्रसर

तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरु आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन । उनले भने, “घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ । यसबाट उनीहरुले आर्थिक आम्दानी गर्न सक्नेछन ।” भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ… पुरा पढौ