दमौली अस्पताल

दमौली अस्पताललाई उपकरण सहयोग

दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि… पुरा पढौ

दमौली अस्पतालमा डायलासिस केन्द्रको उपकरण बिग्रिँदा बिरामी मारमा

तनहुँ जिल्लामा मिर्गौलासम्बन्धी रोगका बिरामी बढ्दो अवस्थामा रहँदा हाल सञ्चालित एकमात्र डायलासिस केन्द्रको उपकरण बिग्रँदा बिरामी मारमा परेका छन् । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुघ्न–मञ्जु मिर्गौला डायलासिस केन्द्रमा डायलासिस उपकरण बिग्रिँदा बिरामी मर्कामा परेका हुन् । उपकरण बिग्रिएपछि बिरामी र बिरामीका परिवार पालो कुर्दासमेत उपचार गराउन नपाउँदा चिन्तामा परे पनि डायलासिस गर्न आउने बिरामीलाई सहज रूपमा सेवा दिन नसकिएको डायलासिस सेवा शाखाका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उनले भने, “केन्द्रमा रहेका १३ वटा उपकरणमध्ये हाल चारवटामात्र चलेको छ… पुरा पढौ