बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि कालीगण्डकी कोरिडोरमा सम्भावनाको खोजी सुरु गरेको छ । जैमिनी ऋषिको नामबाट नगरपालिकाको नामाकरण गरिएकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गौरवको आयोजनाका रुपमा रहेको कोरिडोरमा सम्भावनाको खोजी थालिएको हो । छिमेकी भारत र चीनलाई जोड्ने कोरिडोरको मध्य भागमा पर्ने जैमिनीले कृषि, उद्योग, पर्यटन र व्यापारको सम्भावना खोज्न थालेको नगरप्रमुख नरबहादुर पुनले बताए । सोही सन्दर्भमा सरोकार भएकाहरुसँग ‘कालीगण्डकी कोरिडोर र जैमिनीको सम्भावना’ विषयमा मङ्गलबार अन्तरक्रिया गरेको थियो । विकाससँगै पर्यटनसँग जैमिनीलाई जोड्न छलफल…
पुरा पढौ