धौलागिरि हिमाल

पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडाँै पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले… पुरा पढौ

शरदयाममा धौलागिरि हिमाल आरोहण सुुरु

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट टे«क्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल… पुरा पढौ

६३ वर्षमा ५५० जनाले चढे धौलागिरि हिमाल

मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने गरेका छन् । सन् १९६० मई १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि… पुरा पढौ