पर्वतको जलजला गाउँपालिका

पर्वतमा विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

पर्वतको जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ । आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो । जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था मिलइाएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिकाक्षेत्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन… पुरा पढौ

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । “अवैध व्यापार र चोरी शिकारका कारण सङ्कटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव… पुरा पढौ

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पु¥याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो । विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ आइपुगेका हुन। टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिए । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै… पुरा पढौ

पर्वतको जलजला गाउँपालिकामा पहिरोले सात घर विस्थापित

पर्वतको जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने… पुरा पढौ

पर्वतको जलजला गाउँपालिकामा पहिराले ६ घर विस्थापित

पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिएका छन । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम… पुरा पढौ