पर्वत

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै

पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो । जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी-हातेमालोचो-त्रिवेणी-पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ । कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं २ को… पुरा पढौ

पर्वतमा सुन्तला ढुवानी गर्न कठिनाइ

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पु¥याउन सकिएको छैन । बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए । उनले भने, “जीपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता… पुरा पढौ

पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै

यहाँ रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो । परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोगसमेत घट्न थालेपछि कृषि ज्ञान केन्द्रले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको हो । स्थानीय किसानलाई जैविक खाद्यवस्तुमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रवद्र्धन गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने धान,… पुरा पढौ

बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताए । विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर बाँदरका कारण फुर्सदिलो बनेका छन् । बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको… पुरा पढौ

पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न

पर्वतमा गत आर्थिक वर्ष २०७९÷८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६० साना सिँचाइका योजना निर्माण गरिएका हुन् । सिँचाइको सुविधा नपुगेका सिमान्तकृत बस्तीमा प्रतियोजना रु दुई लाखका दरले निर्माण गरिएका हुन् । यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लाष्टिक पोखरी, ट्याङ्की, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतको मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार निर्माण गरिएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले… पुरा पढौ

पर्वतमा चट्याङमा परेर पाँच घाइते

पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते भएका थिए । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको… पुरा पढौ

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको हो । सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना रु दुई लाखका दरले ती योजना निर्माण गरिएको हो । कार्यालयका अनुसार सहकारी, फार्म, कृषक समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताका आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको थियो । धान जोन कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा… पुरा पढौ

पर्वतका सामुदायिक विद्यालयमा घटे विद्यार्थी

पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिएका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित चम्डिलामा रहेको जनप्रिय प्राथमिक विद्यालय पनि रित्तिन थालेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ११ मात्रै विद्यार्थी… पुरा पढौ

पर्वतको जलजलामा सार्वजनिक ठाउँमा सुर्ती र जाँडरक्सी वितरणमा रोक

पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । तर सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा सो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्नु तथा नगराउन अनुरोध गरेको छ । यदि कहीँकतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले अन्य… पुरा पढौ