पुम्दीकोट

पोखराको पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

संयोग मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि । यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिए । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पसेका यी विशिष्ट पाहुनाको स्वागतको पर्खाइमा थिए सुन्दर पोखरा र सेता हिमाल… पुरा पढौ