पोखरा बसपार्क

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो । मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका… पुरा पढौ

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा

हिउँचुचुरा र तालतलैया सम्झेर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो । पोखरामहानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ । पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, बिजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरुप बनाएका छन् । न व्यवस्थित टिकट काउण्टर छ न त बस राख्ने ट्र्याक… पुरा पढौ