पोखरा महानगर

चैते धानको प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर

सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ । सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकून् भन्ने उद्देश्यका साथ महानगरपालिकाले बर्सेनि चैते धान खेतीका लागि कृषकलाई सहयोग गर्दै आएको हो । चैते धानको प्रवद्र्धन गर्दै महानगरपालिकाभित्रका वडा नं १४, १५, २६ र २७ मा चैते ५ जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उक्त… पुरा पढौ

पोखराको फोहर व्यवस्थापन गर्न सहमति

पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो । महानगरले फोहर बिसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन । स्थानीयवासीसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख धनराज आचार्यले… पुरा पढौ