पोखरेली ‘जेठोबुढो’

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

“खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?” पोखरा महानगरपालिका–२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । “एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए । अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो । अनि अग्र्यानिक स्वाद कहाँ पाउनु… पुरा पढौ