गण्डकी प्रदेश सरकार

अन्योलमा गण्डकीको सत्ता-राजनीति

केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ समीकरणअनुसार सरकार गठनका लागि नेकपा (एमाले)( र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताए । कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको उनले उल्लेख गरे । उनले पुराना बहुवर्षीय छ सडक आयोजनाको काम अगाडि बढेको जानकारी दिए । रु. ३० लाखदेखि रु दुई करोडसम्मका आधा बढी आयोजनाको ठेक्का… पुरा पढौ

पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको ‘डायलायसिस’सेवा सञ्चालनमा जनशक्ति अभाव

गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन । अस्पतालमा रहेका डायलायसिस मेसिन दिनमा तीन सिफ्टमा सञ्चालन गर्न सकेको खण्डमा अधिकतम् दैनिक ३३ जनाले सेवा प्राप्त गर्न सक्ने अवस्था छ । तर सोका लागि आवश्यक जनशक्ति अभाव हुँदा पूर्ण सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट… पुरा पढौ