गाउँपालिका राष्ट्रिय महासङ्घ

शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति

सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको दुईदिने बैठकले विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाएको हो । जिल्ला शिक्षा कार्यालय फेरि स्थापना गर्ने, उसैले प्रधानाध्यापक नियुक्त गर्नेलगायतका प्रावधान सङ्घीयताको मर्मविरोधी भएको महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन । स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएर पनि सरकारले आफूहरूसँग छलफल नगरी विधेयक बनाउनुले सङ्घीय सरकारले स्थानीय सरकारको अधिकार खोस्न खोजेको पुष्टि हुने उनको आरोप छ… पुरा पढौ