गोरखा एक ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले पनि यहाँको इतिहास बुझ्न र अध्ययन गर्न नचाहने प्रायः कमै हुन्छन् । गोरखा घुम्न आउने विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटकका लागि पनि ऐतिहासिक गोरखा दरबार, धार्मिक आस्थाको धरोहरका रूपमा रहेको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, मनकामना मन्दिर र गोरखा दरवार सङ्ग्राहलय पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएका छन् । गोरखा जिल्ला घुम्न आउनेहरू विशेष गरेर गोरखाको वीरताको नजिकबाट अध्ययन र अवलोकन गर्न रुचाउँछन् । यिनै पर्यटकीय गन्तव्यसँगै राष्ट्रिय विभूति भीमसेन थापाको जन्मथलोमा रहेको भीमसेन उद्यान…
पुरा पढौ