गोरखाको उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा फोहर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड, गाउँपालिका र उपभोक्ता समितिको साझेदारीमा धार्चे–५ माछीखोलामा ‘डम्पिङ साइट’ निर्माण गरिएको हो । माछीखोला बजार क्षेत्रको वातावरणीय स्वच्छता जोगाइराख्न, प्रदूषणका कारण स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न पालिकाले फोहर व्यवस्थापनको पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । उक्त साइट निर्माण गर्न रु सात लाख ८७ हजार तीन सय ८२ खर्च भएको उनले जानकारी दिए । “गाउँपालिकाले रु चार लाख…
पुरा पढौ