कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौँ पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्ट) र होटलमा पाहुना भरिभराउ रहेको बताउछन । “अहिले दैनिक १५ सयदेखि १७ सयसम्म पर्यटक घान्द्रुक आइरहेका छन्, जसमा आन्तरिक पर्यटक नै बढी छन्”, उनी भन्छन, “घान्दु्रक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ ।” अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने…
पुरा पढौ