चट्याङ

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार… पुरा पढौ

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उनको छोरा ९ वर्षीय नितेश सिंह… पुरा पढौ

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् । प्राधिकरणका अनुसार गत वैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार गए राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् । डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा… पुरा पढौ