डढेलो

डढेलोले वातावरण प्रदूषित

वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ । आगोले सबै जङ्गल सखाप मात्र भएको छैन १० स्थानका घरगोठमा क्षति पुगेको छ । त्यसबाट दर्जनौँ पशुचौपाया र दुई जना मानिसको ज्यान समेत गएको छ । ती घटनापछि फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि जतासुकै जङ्गलमा धुवाँ उडेको देखिन्छ । जङ्गली जनावर र पशुपंक्षी कति मरे यकिन छैन । दैनिक आगो लाग्दा आकाशमा उडेको धुवाँले दिउँसै… पुरा पढौ

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी… पुरा पढौ

गण्डकीको १२ सय हेक्टरमा डढेलो

गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । “मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ”, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने । उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ । म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन… पुरा पढौ