तनहुँको शुक्लागण्डकी नगरपालिका

तनहुँ शुक्लागण्डकीका विपद्पीडितलाई सहयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरापीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ । गत शनिबार पहिरा गएर पीडित भएका छ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्टलगायत सामग्री सहयोग गरेको हो । पहिराबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीलगायत उपस्थितिमा पहिरापीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । पहिराले घर पुरिएर आइतबार तीनजनाको मृत्यु… पुरा पढौ

शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम: युवालाई उत्पादनसँग जोडिने

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो । यसका लागि कृष्मि बहुउद्देश्यीय सहकारी संस्था र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सहकारीका तर्फबाट अध्यक्ष मनराज गुरुङ र नगरपालिकाका तर्फबाट शिक्षा तथा युवा शाखाका प्रमुख नवराज चापागाईंले हस्तान्तरण गरेका हुन । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने र उत्पादित वस्तुको जिम्मा नगरपालिकाको रोहवरमा सहकारीले लिने गरी युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन… पुरा पढौ