तनहुँ जिल्लामा मिर्गौलासम्बन्धी रोगका बिरामी बढ्दो अवस्थामा रहँदा हाल सञ्चालित एकमात्र डायलासिस केन्द्रको उपकरण बिग्रँदा बिरामी मारमा परेका छन् । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुघ्न–मञ्जु मिर्गौला डायलासिस केन्द्रमा डायलासिस उपकरण बिग्रिँदा बिरामी मर्कामा परेका हुन् । उपकरण बिग्रिएपछि बिरामी र बिरामीका परिवार पालो कुर्दासमेत उपचार गराउन नपाउँदा चिन्तामा परे पनि डायलासिस गर्न आउने बिरामीलाई सहज रूपमा सेवा दिन नसकिएको डायलासिस सेवा शाखाका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उनले भने, “केन्द्रमा रहेका १३ वटा उपकरणमध्ये हाल चारवटामात्र चलेको छ…
पुरा पढौ