पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारिशक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ(गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यका साथ सञ्चालित तालिममा विभिन्न आमा समुह र टोलविकास संस्थाका ५० जना महिलाको सहभागिता रहेको छ । समुहको पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा पत्रकार घनश्याम पाण्डे रहेका छन । पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य…
पुरा पढौ