नीति तथा कार्यक्रम

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने, सभामुख परामर्शमा व्यस्त

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ । सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा… पुरा पढौ

‘केही बाहेक हामीलेनै बनाएका कार्यक्रम आए’ : एमाले नेता पृथ्वी सुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम लगभग आफूहरुले बनाएकै कार्यक्रम आएको नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रम सकिएलगत्तै पत्रकारसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले भने,‘हामीले बनाएको नीति कार्यक्रममा १२ वटा बुँदा मात्र परिवर्तन भएको रहेछ । अरु हामीले बनाएकै कार्यक्रमहरु छन् ।’ २ दिन अघि मात्र नया सरकार आएकाले त्यसअघि गुरुङ नेतृत्वकै सरकारले बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको र सोहि आधारमा नीति कार्यक्रम बनाएकालेपनि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।… पुरा पढौ