राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित




राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई मनोनयन गरेका हुन् । हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन् भने ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन् । हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनी पूर्वफुटबल खेलाडी, बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी, र बोर्ड सदस्यमा रहेका शक्ति गौचन पनि पूर्वक्रिकेटर हुन् ।

बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन् । पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।