, ,

‘केही बाहेक हामीलेनै बनाएका कार्यक्रम आए’ : एमाले नेता पृथ्वी सुब्बा गुरुङ

- नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने भएको पूर्व मन्त्री रामशरण बस्नेतको टिप्पणी


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम लगभग आफूहरुले बनाएकै कार्यक्रम आएको नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले टिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रम सकिएलगत्तै पत्रकारसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले भने,‘हामीले बनाएको नीति कार्यक्रममा १२ वटा बुँदा मात्र परिवर्तन भएको रहेछ । अरु हामीले बनाएकै कार्यक्रमहरु छन् ।’ २ दिन अघि मात्र नया सरकार आएकाले त्यसअघि गुरुङ नेतृत्वकै सरकारले बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको र सोहि आधारमा नीति कार्यक्रम बनाएकालेपनि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

तर पूर्व मन्त्री रामशरण बस्नेतले भने सरकारले कार्यकर्ता पोस्नका लागि कोरोना प्रभावितलाई नगद राहत दिने कार्यक्रम ल्याएको आरोप लगाएका छन् । सरकारले कोरोनाबाट बुबाआमा गुमाएका बालबालिका तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परिवारलाई नगद राहत दिने नीति लिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । ‘नगद दिने कुरा कार्यकर्ता पोस्ने नियतले आएको छ, नत्र यस्तो कार्यक्रमको जरुरत पर्दैन’—उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।