परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा निकै लोकप्रिय थियो । परियार समुदायका पुराना व्यक्ति घटदै जाने र नयाँ पुस्ताले सीप नसिक्दा बाजा लोप हुने अवस्थामा पुगेकाले मगर समुदायले बाजा संरक्षणमा ध्यान दिएको हो । साविकको गदातुम्डाँडा गाविसभित्रका हरेक सार्वजनिक कार्यक्रमदेखि विवाह र विभिन्न धार्मिक कार्यमा पनि यहाँका बाजा लोकप्रिय थिए । बडिगाड…
पुरा पढौ