पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पोखरामा चिनियाँ जहाज अवतरण

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो । सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः०६ बजे अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । उक्त जहाजबाट चीन भ्रमणमा गएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका हुन्… पुरा पढौ