पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाद्धारा उत्पादनका आधारमा ७० प्रतिशत अनुदान

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताए । भू–उपयोग ऐन र नियमावलीबमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू–उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ । सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ… पुरा पढौ

उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । तालिमका लागि छनोट भएका दुई सय ४० जनाका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको थियो । दश विधामध्ये पञ्जेबाजा बजाउने र बारिस्ताको तालिम सुरु भइसकेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए दश विधाअन्तर्गत… पुरा पढौ

पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै

कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागेको हो । छनोट भएकालाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । “महानगरपालिकाभित्र स्वरोजगार बन्न, तालिमका विभिन्न अवसर सृजना गर्न, तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, सुरुआतमा बीउ पूँजी… पुरा पढौ