थप साढे चार हजारमा कोरोना सङ्क्रमण पुष्टि


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




पछिल्लो २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ । सो अवधिमा कोभिडबाट मर्नेको सङ्ख्या १८ छ । हालसम्म कोरोना पुष्टि भएर मर्ने ८२९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेबसाइट र सामाजिक सञ्जालमा राखेको विवरणमा जनाइएको छ ।
सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा एक हजार ६९० महिला र दुई हजार ८०९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म ४६ हजार ६९१ सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये ३१ हजार ७२७ जना ‘होम आइसोलेशन’मा तथा २९० जनाको सघन उपचार कक्ष र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना सङ्क्रमणमुक्त भएका छन् ।
य उपत्यकामा दुई हजार सात सय थप
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र दुई हजार ७२० सङ्क्रमित थपिएका छन् । तिनमध्ये काठमाडौँका दुई हजार ३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अन्य जिल्लाबाट पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमा मोरङका २२३, काभ्रेपलाञ्चोकका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपरासी९बर्दघाट सुस्तापूर्व०का २८÷२८, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६÷१६ तथा धनुषा, रौतहट, सिरहा र गुल्मीका १४÷१४ छन् ।
यसैगरी बर्दियाका १३, बागलुङका १२, गोरखा र तनहुँका ११÷११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०÷१०, म्याग्दीका आठ, ताप्लेजुङ, बारा र महोत्तरीका सातसात, लमजुङ, कञ्चनपुर र डोटीका छ छ, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका पाँचपाँच, अर्घाखाँची, रुकुम९पश्चिम० र अछामका चारचार, सङ्खुवासभा, स्याङ्जा र जुम्लाका तीनतीन, ओखलढुङ्गा, रुकुम९पूर्व० र बैतडीका दुईदुई तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका एकएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी प्रदेशगत रुपमा प्रदेश नं १ मा ४८०, प्रदेश नं ११७, वाग्मतीमा तीन हजार २२५, गण्डकीमा १४०, लुम्बिनीमा ४२८, कर्णालीमा २२ र सुदूरपश्चिममा ८७ जना कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।