पोखराका अग्रज शिक्षासेवी रुप गुरुङको निधन भएको छ ।
पोखरा १६ दिप निवासी गुरुको ८१ वर्षको उमेरमा शुक्रबार साँझ ग्राण्डि हस्पिटल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । लामोसमय पोखराको शैक्षिक क्षेत्रमा विताएका गुरुङको सोमबार धार्मिक परम्परा अनुसार शान्ति दीप घाटमा अन्त्येष्टि गरिएको छ ।अन्त्येष्टि अघि दिपस्थित निवासबाट शव यात्रा गरिएको थियो ।शव यात्रामा पोखराका शिक्षासेवी, बिभिन्न राजनितिक दलका नेता, सामाजिक संघ संस्थाका व्यक्ति तथा बाक्लो मात्रामा स्थानीयको उपस्थिती रहेको थियो । स्वर्गीय गुरुङ प्रति नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी आचार्य, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, नेता हितकाजी गुरु, एमाले क्षेत्र नंं २ का सचिव झपट रानाभाट,पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यलगायतका राजनितिक, समाजसेवी र शिक्षासेवीले श्रद्धाञ्जली अर्पण गरेका थिए । पोखराको सरकारी तथा निजि विद्यालयमा सेवा गरेका गुरुङ ‘रुप सर’ को नामबाट परिचित थिए । जीवनको ६ दशक शिक्षा क्षेत्रमा बिताएका उनले वि.सं.२०२२ सालमा भद्रकाली मा.विबाट शिक्षण पेशा शुरु गरेका थिए ।
विज्ञान र गणित विषयमा दख्खल राख्ने गुरुङले कन्या स्कुल , नवप्रभात स्कुलमा पनि अध्यापन गराएका थिए । निजि शैक्षिक संस्था शिशु निकेतन माविलाई उत्कृष्ट बनाउन विशेष भुमिका खेलेका उनले मिलिनियमबोडिङ्ग स्कुलको स्थापना गरी शैक्षिक सेवामा थप क्रियाशील बनेको एमाले नेता झपट रानाभाटले बताए । त्यसपछि पोखराको दिपमा उनले सूर्योदय बोर्डिङ स्कुलको प्राचार्यको रुपमा सेवा गरेका थिए ।सो विद्यालय अहिले उनका छोरा राजेश गुरुले हेर्दै आएका छन् । शिक्षण पेशाको सुरुवाती चरणमा खेमराज पौडेल ,केशवराज पराजुली , श्रीकृष्ण शर्मा, दामोदर शर्मा पराजुलीलगायतका उनका सहकर्मि थिए । गुरुको निधनले एक सामाजिक तथा शैक्षिक धरोहरलाई गुमाएको स्थानीयले बताएका छन् । स्वर्गीय गुरुङका श्रीमती नरशोभा, दुई छोरा राजेश र अभिनास तथा छोरी अञ्जली छन् ।

जेठा छोरा राजेश पोखरा १६ का जनप्रतिनिधि समेत भएका थिए भने कान्छा छोरा डा. अभिनाश ग्राण्डि इन्टरनेशनल हस्पिटलमा बरिष्ठ चिकित्सकको रुपमा कार्यरत रहेका छन् । गुरुङको निधनप्रति त्यस क्षेत्रका बिभिन्न संघ संस्थाले दुख व्यक्त गर्दै, पोखराले एक असल शिक्षासेवी र सामाजिक व्यक्तित्व गुमाएको भन्दै उनको योगदानको स्मरण गरेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं…







